विभिन्न पार्टी परित्याग गरि माओवादी पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरिँदै ।

हेटौंडाः बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले आफ्नो ठाउँको विकासका लागि नेकपा (माओवादी केन्द्र)लाई नै रोज्न आग्रह गर्नुभएको छ । मकवानपुरको बागमती गाउँपालिका–४, स्थित वडास्तरीय पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा मन्तव्य दिँदै मन्त्री मोक्तानले विकासको संवाहक पार्टी माओवादी केन्द्र भएको भन्दै आम नागरिकले माओवादी नै रोज्नुपर्ने बताउनुभयो । केपीलाई राज्य सञ्चालन गर्न दिँदा देशलाई ठूलो घाटा लागेको भन्दै मन्त्री मोक्तानले गरिबी निवारणको लागि माओबादी नेतृत्वको सरकार अवश्यक भएको बताउनुभयो । कुलमान जस्तो देशलाई चाहिने व्यक्तिलाई हटाएर केपीले आफ्नो सालोलाई ल्याउँदा राष्ट्रलाई करोडौं घाटा लागेको बताउनुभयो।

कार्यक्रममा बागमती गाउँपालिका वडा नं. ४ का ५० जना माओवादी केद्रमा प्रबेश गरे । एमाले, कांग्रेस, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी ५० जना माओवादीमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई बागमती प्रदेशका सामाजिक विकासमन्त्री मोक्तान, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान (मधु) लगायत अतिथिहरुले टीका र माला लगाएर पार्टीमा स्वागत गर्नुभयो । सोही अवसरमा उहाँले देबकी माविको पनि अबलोकन गर्नुभयो ।