हेटौंडाः मकवानपुरमा सक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको छ । जिल्लामा आज थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको हो ।
५७ जनाको कोरोना परीक्षण गराउँदा ३४ जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए । तीमध्ये २ जना ७ वर्ष मुनीका बालबालिका हुन् ।
संक्रमितहरुमध्ये ६ जना हेटौंडा अस्पतालको कोभिड ट्रिटमेन्ट वार्डमा, २ जना गौरीटारस्थित आईसोलेसनमा र बाँकी १ सय ६२ जना होम आइसोलेसनमा उपचाररत रहेका जनस्वास्थ्य निरीक्षक चौलागाईंले जानकारी दिए । मकवानपुरमा हालसम्म ४ हजार ९० जनामा कोरोना पुष्टि भएको छ, भने कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ ।