हेटौंडाः नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) मनहरी गाउँपालिका कमिटीको नेतृत्वमा कृष्ण रुम्बा चयन भएका छन् । शनिबार बसेको भेलाले रुम्बाको नेतृत्वमा २७ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्ष्यमा विरेन्द्र गोपाली र ऋषि बर्तौला, सचिवमा सुजन लामा, सह–सचिवमा प्रमिला परियार तथा कोषाध्यक्षमा शान्ति थिङ चयन भएका छन् । कमिटीको सदस्यहरुमा तिलकबहादुर भ्लोन, राजन गिरी, सुरज श्रेष्ठ, निरज पौडेल लगायत २७ जना चयन भएको नेकपा (माओवादी केन्द्र) मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन “पृथक” ले जानकारी दिए ।
वाइसीएल केन्द्रीय सचिव दिवश पाण्डेको प्रमुख आतिथ्यता तथा वाइसीएल पूर्व अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा भेला भएको हो । भेलामा बागमती प्रदेश कमिटी सदस्य ओम घलान, विरबहादुर घलान, वाइसीएल जिल्ला इन्चार्ज सुमन पाख्रिन, प्रदेश सल्लाहकार रामहरी सुवेदी, मनहरी गाउँ पालिका इन्चार्ज राजकुमार पाख्रिन, जिल्ला सदस्य सञ्जिव पाठक, विरबहादुर लामा, वाइसीएल जिल्ला सचिव लवराज ठकुरी, जिल्ला सचिवलाय सदस्य अविरल गजुरेल लगायतको उपस्थिति थियो ।