हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल (क्रान्तिकारी)को तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार दामनस्थित शंकर होटलको सभाहलमा नगर सम्मेलन भएको हो ।
सम्मेलनले सुजन सिन्तानको अध्यक्षतामा १९ सदस्यीय कमिटी चयन गरेको छ । दिपेन्द्र दियालीको अध्यक्षतामा सञ्चालन भएको नगर सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य प्रदिप अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय सदस्य दिनेश सुवेदी, जिल्ला सम्मेलन आयोजक समितिका संयोजक आकाश पाख्रिन, सह संयोजक श्रवण कुमार बर्तौला, प्रचार विभाग प्रमुख मोहनचन्द्र चौलागाईं, जिल्ला सदस्य मुकेश गोले रहेका जिल्ला सम्मेलन आयोजक समितिका प्रकाशन तथा प्रचार विभाग प्रमुख मोहन चन्द्र चौलागाईंले बताए ।