रुद्र सेन स्मृति पत्रकारिता पुरस्कार खड्का र बिष्टलाई
हेटौंडाः प्रेस संगठन नेपाल मकवानपुरले अग्रज पत्रकारलाई सम्मान गरेको छ, भने क्रियाशील पत्रकारहरुलाई पुरस्कृत गरेको छ । शनिबार हेटौंडामा आयोजित एक कार्यक्रमबीच संगठनले मकवानपुरमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका अग्रज पत्रकारहरुलाई सम्मान तथा युवा पुस्ताका क्रियाशील पत्रकारहरुलाई पुरस्कृत गरेको हो ।
प्रेस सेन्टरले स्थापनाकालदेखि नै प्रदान गर्दै आएको रुद्र पाख्रिन र कृष्ण सेन इच्छुकको नाममा स्थापित रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सुनिल खड्का र नानीमैया विष्ट पुरस्कृत भएका छन् ।
रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कार ग्रहण गर्दै पत्रकारद्वय सुनिल खड्का र नानीमैया बिष्ट
यस्तै, जिल्लामा क्रियाशील ४ जना पत्रकारहरुले क्रियाशील पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । उक्त पुरस्कारबाट शिव चौलागाईं, शुभलक्ष्मी विक, गणेश दर्पण अधिकारी र सरला अधिकारी पुरस्कृत भएका हुन् ।
क्रियाशील पत्रकारिता पुरस्कार ग्रहण गर्दै गणेशदर्पण अधिकारी क्रियाशील पत्रकारिता पुरस्कार ग्रहण गर्दै शुभलक्ष्मी विक
क्रियाशील पत्रकारिता पुरस्कार ग्रहण गर्दै सरला अधिकारी क्रियाशील पत्रकारिता पुरस्कार ग्रहण गर्दै शिवप्रसाद चौलागाईं
अग्रज पत्रकार सम्मानित हुनेहरुमा पत्रकार महासंघका पूर्व अध्यक्षहरु नवराज शर्मा, कौशल पाण्डे, प्रताप विष्ट, राममणि दाहाल, भानुभक्त आचार्य र महेन्द्र श्रेष्ठ रहेका छन् । त्यसैगरी संगठनले अग्रज पत्रकारहरु कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ, कमलचन्द्र सुमन, नानीमाया कार्की (सम्झना), मोहनमान सांगामी, लोकनाथ पाण्डे र आरसी रिजाललाई अग्रज पत्रकारको सम्मानबाट सम्मानित गरेको छ ।
प्रेस संगठन मकवानपुरका अध्यक्ष अञ्जली थापाको सभाध्यक्षतामा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा विज्ञापन वोर्डका सदस्य बलराम थापाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु प्रेम बहादुर पुलामी, ओम बहादुर ग्लान, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ जिल्ला अध्यक्ष हरि हुमागाई, बागमती प्रदेश महासंघ सल्लाहकार गिरीजा अधिकारी, शहीद परिवार सदस्य मान कुमारी पाख्रिन, प्रेस चौतारीका प्रदेश सहसंयोजक प्रकाश दाहाल, प्रेस संगठन केन्द्रीय सदस्य राजन दाहाल, प्रेस युनियन जिल्ला उपाध्यक्ष मणिराज गौतम, प्रेस मञ्च नेपाल केन्द्रीय उपाध्यक्ष मनोज ढोडारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका प्रचारप्रसार विभाग प्रमुख कमानसिं पाख्रिन, नारायणी यातायात कम्पनीका प्रबन्धक सरोज खनाल, संगठनका सल्लाहकार ध्रुव अधिकारी, अकोराब प्रदेश उपाध्यक्ष सपना कंडेल, सञ्चारिका समूह बागमती प्रदेश संयोजक सरिता दाहाल लगायत मकवानपुरका पत्रकारहरुको आतिथ्यता रहेको थियो ।