राहुल गुप्ता/बीरगंज: लकडाउनको ७१औं दिन आज पनि साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले बीरगंजका बेसहारा निमुखाहरुलाई निःशुल्क भोजन वितरण गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनका कारण विपन्न वर्गमा पर्न गएको असहजतालाई कम गर्न उक्त संस्थाहरुले महानगरका निमुखा नागरिकलाई खाना खुवाउनुका साथै सो क्षेत्रको विभिन्न भागमा सेनिटाइज गर्ने काम जारी रहेको हो ।
हालसम्म नारायणी अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, वडा प्रहरी कार्यालय बीर्ता र श्रीपुर, वडा नं १६ को मिथिलानगरमा सेनिटाइज गरिएको छ । सो कार्यमा राजेश सिंह, रूपेश मान सिंह, राहुल तुल्स्यान, किशोर सिंह ठकुरी, अफरोज आलम र मनीष सिंह ठकुरीको उपस्थिति रहेको थियो ।