१) बोडर पुरै सिल (आर्मी, सशस्त्र प्रहरी त्यतिले पुग्दैन भने म्यादि प्रहरी) गरौं
२) पिसिआर जाँचको दायरा बढाऔं प्रत्येक घरबाट एकएक जनाको जाँच गरौं
३) लकडाउन खुकुलो गरौं
४) खेतिपातीको काम नरोकी किसानलाई अनुदानको व्यवस्था गरौं
५) बिकाश निर्माणको काम समाजिक दुरी कायम गरि गरौं
ताकि गरिब अप्ठयारोमा नपरोस्
६) कोरोना पोजेटिभलाई राम्रोसँग उपचार गरौं
बिश्व नै कोरोना कोभिड १९ बाट गुजरि रहेको अवस्थामा नेपाल अहिले मौसमले होस या पशुपतिनाथ आशिर्वाद होस् । हामी सुरक्षित छौँ । ठूलो महामारीसँगै हामीले गुजरी रहेको अवस्थामा नेपाल कृषिप्रधान देश हुँदाहुँदै पनि हामी ईन्डियाबाट ठूलो मात्रा खाद्य मल कृषिजन्य बस्तु आयात गर्छौं । तर, लकडाउनले गर्दा सिमा शिल भएपछि नेपाल सरकार प्रदेश सरकार स्थानीय सरकारसँग मेरो अनुरोध छ । नेपालमा अहिले खेतिपाती गर्ने बेलामा किसानलाई डिजल, मल, धानको बीउ र औषधिको व्यवस्था गरेन भने हामी आउने दिनमा भोकमरीको सिकार पक्कै हुन्छौं ।
किसानको समस्या समाधान गरि भोकमरीबाट बचौं । तीन तहको सरकारको ध्यान पुगोस् । (सन्तोष पटेल/नेता–नेपाल कम्युनिष्ट पार्टी)