अनिल पराजुली/कतारः कतार सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि कतार सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग पठाउने भएको हो । अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा नेपालसँगै रुवाण्डा र ट्यूनेसियामा आपतकालीन स्वास्थ्य सामग्री सहयोग पठाउन लागिएको कतार न्यूज एजेन्सीले जनाएको छ ।

कतारले यसअघि पनि इटाली, इरान र गाजामा अन्तर्राष्ट्रिय सहयोग अभियानमा स्वास्थ्य सामग्री सहयोग पठाएको थियो ।