राहुल गुप्ता/बीरगन्जः सोमबार राति एक्कसी आएको हावाहुरीले वीरगन्जको नारायणी उपक्षेत्री अस्पतालमा बनाइएको आइसोलेशन वार्डमा क्षति भएको छ।
कोरोना भाइरस (कोभिड १९) संक्रमितलाई आइसोलेशन वार्डमा भर्ना गरेर उपचार भइरहेको अवस्थामा एक्कासी आएको हावाहुरी तथा पानीले आइसोलेशन वार्डमा क्षति पुर्याएको हो। अस्पतालको इमर्जेन्सी वार्डमाथी आइसियु नजिक अस्थाइ रुपमा केही दिन अगाडी २० शैयाको आइसोलेशन वार्ड निर्माण गरिएको थियो।
बनाइएको आइसोलेशन वार्डको दुबैतिरको आल्मुनियम र सिसाले बनाइएको पर्खाल भत्केपछि त्यहाँ उपचाररत जना कोरोना भाइरस संक्रमितलार्इ नजिककै रहेको आइसियु वार्डमा सारिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन प्रसाद उपाध्यायले बताए ।