राहुल गुप्ता/वीरगंजः पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदीप यादवले आफू आजैदेखि जनताको सेवामा खट्ने बताएका छन् । आज क्वारेन्टाइनमुक्त हुने भएपछि लगत्तै आफू भगवानरुपी जनताको सेवामा लाग्ने उनले बताएका हुन् ।

केही समयअघि भारतको क्वारेन्टाइनमा रहेका नेपालीको अवस्थाबारे बुझ्न त्यहाँ पुगेका उनलाई सरकारले नियम उल्लंघन गरेको भन्दै जबर्जस्ती १४ दिन क्वारेन्टाइनमा राख्न निर्देशन दिइएको थियो। उक्त निर्देशनलाई षड्यन्त्रमूलक र राजनीतिक इशारामा गरिएको भन्दै उनले आफू सँधै जनताको बीचमा रहने बताए । आफ्नो लोकप्रियता स्वीकार्न नसकेर आफूमाथि षड्यन्त्र गरिएको आरोप लगाउँदै सांसद यादवले क्वारेन्टाइन अवधिमा दुई हप्ता जनताको सेवा गर्न नपाएकोमा सामाजिक सञ्ञालबाट दुःख व्यक्त गरेका छन्।

उनले हिजो आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भगवानरुपी जनताको सेवामा भोलीदेखि समर्पित हुनेछु ।’