हेटौंडाः बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंकले ५ लाख रुपैयाँ रकम सहयोग गरेको छ ।
बैंकका हेटौंडा शाखा प्रमुख यामनाथ दाहालले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणका लागि सरकारले गर्न लागेको काममा सहयोग गर्न रकम हस्तान्तरण गरिएको बैंकका शाखा प्रमुख दाहालले बताए ।
बैंकको सहयोगप्रति धन्यवाद दिँदै मुख्यमन्त्री पौडेलले सरकार एक्लैले मात्र चाहेर नहुने बताए । उनले विभिन्न संघ संस्था, व्यक्तिलगायत सबैले सहयोग गर्न जरुरी रहेको धारणा राखे । अत्यावश्यक सेवाका रुपमा रहेको बैङ्किङ क्षेत्रलाई आवश्यक्ता अनुसार सुरक्षा अपनाएर सञ्चालन गर्न पनि मुख्यमन्त्री पौडेलले सुझाव दिए ।