हेटौंडाः बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठी हेटौंडामा शनिबारबाट सुरु भएको छ । गृह मन्त्रालय काठमाडौं र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना हुन लागेको दुई दिने गोष्ठी आज सुरु भएको हो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा सुरु भएको गोष्ठीमा १३ वटै जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरु, प्रदेशस्तरका सुरक्षा निकायका प्रमुखहरु लगायतकाको सहभागिता रहेको छ ।
सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रणको लागि विभिन्न योजना र उपाय, चीन र नेपालको सीमाना सम्बन्धी समस्या समाधानको लागि समीक्षा हुने जनाईकोछ ।

गोष्ठीमा गृह मन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका आइजीपी, राष्ट्रिय अनुसन्धान विभाकको प्रमुख र नेपाली सेनाको उच्च स्तरीय सुरक्षा अधिकृतहरुको सहभागिता रहने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

गोष्ठीको समापनको लागि गृहमन्त्री रामबहादुर थापा हेटौंडा आउने कार्यक्रम तय भएको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । बागमती प्रदेशभित्रको सुरक्षा रणनीतिका बारेमा गृहमन्त्री थापाले विशेष निर्देशन दिने जनाइएको छ । जनपत्रबाट