हेटौंडाः मकवानपुर जिल्लाको दशौं राष्ट्रपति रनिङशिल्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका स्तरीय छनौट सुरु भएको छ ।

उपमहानगर भित्रका २२ वटा सामुदायिक सहित ३२ वटा विद्यालयको सहभागितामा भएको छनौटमा पहिलो दिन एथलेटिक्सका ७ वटा विधाको छनौट सकिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल (खुशराज) दाहालले जानकारी दिएका छन् । १००,२००,८००,र एउटा रिलेमा खेलाडीहरु छनौट भएका छन् ।

यस्तै सटपुट, ज्याभलिङ, ट्रीपल जम्पको छनौट सकिएको निर्णायक राजाराम पोखरलेले बताएका छन् । यता कव्वडीका पहिला चरणका खेलहरु सम्पन्न भएका छन् । कवड्डीमा छात्रातर्फ ६ वटा विद्यालय र भलिवल छात्रामा ७ र छात्रमा १० विद्यालयको सहभागिता छ ।

छात्रा भलिवलमा कृष्ण आर्दश मावि छनौट भएको छ । यस्तै ज्ञानोदयद बालवाटीका दोस्रो भएको निर्णायक विनोद श्रेष्ठले बताएका छन् । स्थानीय तहबाट छनौट भएका खेलाडीहरुले जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्डमा खेल्न पाउने छन् । जिल्लामा विजेता खेलाडी प्रदेश हुदै राष्ट्रिय प्रतियोगिता खेल्ने समितिका प्रमुख दाहालले जानकारी दिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले सटपुट हानेर प्रतियोगिताको उद्घाटन गरिन् । संयोजक विद्यालय आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश वैठाको अध्यक्षतामा भएको उद्घाटनमा ४ नं. वडा अध्यक्ष नविन सिग्देल, प्रदेश खेलकुद परिषदका सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, नगरपालिकाका सामाजिक विकास महाशाखा प्रवन्धक भिम तिमल्सिना तथा खेल संघका अध्यक्ष तथा प्रशिक्षकहरुको सहभागिता थियो । जनपत्रबाट