हेटौंडाः मकवानपुर जिल्लाको प्रतिष्ठित क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा भएको शुल्क बृद्धिको निर्णय फिर्ता भएपछि विद्यार्थी संगठनहरुको नेतृत्वमा जारी रिले अनसन स्थगित भएको छ ।
गत पुस २० गते क्याम्पस संचालक समितिको बैठकले गरेको शुल्क वृद्धिप्रति असन्तुष्टि जनाउँदै विगत १९ दिनदेखि विद्यार्थीहरु आन्दोलित थिए । शनिबार क्याम्पस संचालक समितिका अध्यक्ष अनन्त पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलित स्ववियु, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), ने.वि.संघ लगायतका विद्यार्थी संगठनहरुको मागलाई मध्यनजर गर्दै शुल्क वृद्धिको निर्णय स्थगन गरिएको जनाइएको छ । साथै संगठनहरुसँग आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिनका लागि पनि आग्रह गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष कुमार के.सी. ले प्रेस विज्ञप्ति जारी गर्दै शुल्क वृद्धि स्थगित गरिएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको जनाएका छन् । त्यसैगरी अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस इकार्इ समितिका अध्यक्ष एम.बि. बस्नेत र अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकार्इ समितिका अध्यक्ष रामकृष्ण शिवाकोटीले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलन फिर्ता लिएको जनाएका छन् ।
विद्यार्थी संगठनहरुले जारी गरेको विज्ञप्ती यस्तो छ –