हेटौंडाः बौद्धिक मञ्च मकवानपुरको अध्यक्षमा विमल केशरी पौडेल चयन भएका छन् । आज आईतबार हेटौंडामा बसेको मञ्चको बैठकले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

निवर्तमान अध्यक्ष डा. सम्राट तुम्बाहाम्फेको व्यस्तताको कारण देखाउँदै अध्यक्षको जिम्मेवारीबाट मुक्त हुन चाहेकोले समिति पुनर्गठन गरिएको हो । मञ्चको सदस्यहरुमा कौशल पाण्डे, सम्राट तुम्बाहाम्फे, नवराज शर्मा, शुशील मुडभरी, नानीमैया विष्ट लगायत रहेका छन् ।

बैठकले संयुक्त राष्ट्र संघ अमेरिकाको एमसीसी नामक संस्थाले नेपालको विकासमा सहयोग गर्ने भन्दै प्रभाव विस्तारको प्रयास गरेकोमा सो सम्बन्धी अध्ययन गरी आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ ।