हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्रमा रहेको छतिवनमा स्थापना भई क्रियाशील रहँदै आएको साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरको तेस्रो अधिवेशनले दीपक गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । छतिवनमा आज शुक्रबार भएको अधिवेशनले पुनः गौतम अध्यक्ष रहने गरी नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा बिश्वनाथ सञ्जेल र चिरञ्जिवी लामिछाने, सचिवमा मसान उपासक, सहसचिवमा गायत्री रुपाखेती र कोषाध्यक्षमा कृष्ण घतानी निर्विरोध चयन भएका छन् । समितिको सदस्यहरुमा देवराज लामिछाने, प्रमोद अर्याल, अमृता लामिछाने, मञ्जु दाहाल र शुभलक्ष्मी बिश्वकर्मा चयन भएका छन् । १३ सदस्यीय समितिमा २ सदस्य पछि मनोनित गरिने बताइएको छ ।

बकैया गाउँपालिकाको–४ नम्बर वडा कार्यालयमा आयोजित अधिवेशन उद्घाटन सत्रमा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यता रहेको थियो । जिल्लाका अधिकांश साहित्यिक संस्थाहरूका प्रतिनिधि सम्मिलित अधिवेशनमा झरनाका सचिव चिरञ्जिवी लामिछानेले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गायत्री रुपाखेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकोमा दुबै प्रतिवेदन अनुमोदन गर्दै विधान संशोधन गरिएको छ । संस्थाको गतिविधिलाई प्रचारप्रसार गर्न सहयोग गरेको भन्दै हेटौँडा एफएम, टिम टेलिभिजन, समृद्ध समाज र बाइलाइन नेपाललाई सम्मान गरिएको छ ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, निवर्तमान अध्यक्ष उद्धब सापकोटा, बकैया ४ का वडा अध्यक्ष राजन दङ्गाल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डे, जनार्दन खनाल, नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष विष्णु गौतम, आँचल कलापुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपाने, प्रलेस मकवानपुर अध्यक्ष शान्ति प्रियबन्दना, भरत सापकोटा, परशुराम गौतम, नारायण चापागाईँ, सुवास खनाल, पुरुषोत्तम आचार्य लगायतको उपस्थिति रहेको थियो ।