हेटौंडाः भोली शुक्रबार बागमती प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । यस प्रदेशमा माघ १० गते ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको हो।

माघ ११ मा तामाङ समुदायको सोनाम ल्होसार परेको र १० गते शुक्रबार बागमती प्रदेशले प्रदेशभर सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत मदन प्रसाद शिवाकोटीले जानकारी दिए ।