हेटौंडाः नेपाल तमाङ घेदुङ संघ ३ नम्बर प्रदेशको प्रथम सम्मेलन आजदेखि हेटौंडामा सुरु भएको छ । जातीय पहिचान सहितको संघीयता माग गर्दै र्यालीसहित सम्मेलनको आयोजना गरिएको हो । प्रदेशको नाम बागमती राख्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेका बेला सो नाममा विरोध जनाउँदै नेवाः ताम्सालिङ नाम राख्न माग गरिएको थियो ।
र्यालीमा प्रदेश नामाङ्कनको विरोध प्रदर्शन गरिएको छ । जातीय पहिचान सहितको संघीयताको माग गर्दै आयोजना भएको र्याली पछि हेटौंडाको बुद्धचोकमा कोणसभा गरिएको थियो । भोली शनिबारसम्म सम्मेलन हुने नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष लिलाकुमार घलानले जानकारी दिए ।
सम्मेलनमा प्रदेश अन्तर्गत विभिन्न जिल्लाबाट सहभागी हुन प्रतिनिधिहरु हेटौंडा आएका छन् । सम्मेलनले प्रदेश स्तरीय समिति निर्माण गर्ने जनाइएको छ ।