हेटौंडा,पुस २१
चार महिनापछि आज हुन लागेको प्रदेशसभाको अधिवेशनमा राजधानीको विषयले प्रवेश नपाउने भएको छ । गत भदौ २५ मा सकिएको वर्षे अधिवेशनको १२६ दिनपछि आज सुरु हुँदै छ । आज राजधानी र नामकरणको विषयले औपचारिक प्रवेश पाउने भनिएको भएपनि नेकपको संसदीय दलको बैठक भोलीसम्मको लागि स्थगत गरिएको कारण पनि आज राजधानीको विषयले सांसदमा प्रवेश नपाउने भएको हो । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले आज दिउँस तीनबजेबाट हुने बैठकमा ९ वटा विषयले प्रवेश पाउने जनाएपनि अत्यान्तै महत्वपूर्ण विषयको रुपमा रहेको राजधानीबारे आज पनि प्रदेशसभामा प्रक्रिया नहुने आफुलाई जानकारी आएको एकजना प्रदेशसभा सांसदले खबरब्रेकलाई बताए ।

बैठकको यसअघिको तयारी आज २१ गते प्रक्रिया सुरु गर्ने र भोली २२ गते मतदान गर्ने थियो तर हाम्रो छलफल टुंगिएको छैन त्यसैलले बैठकनै केहिदिन सर्न सक्ने संभावना छ, उनले भने । आज नामाकरणको कार्यविधिसहित हिउँदे अधिवेशनको शुभकामना पनि कार्यतालिका छ। ‘प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने कार्यक्रम, प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधयकको पत्र पढेर सुनाउने, पाँचौ अधिवेशनको विषयमा सबै दलका प्रमुखरुले पाँच अधिवेशनको शुभकामना व्यक्त गर्ने कार्यक्रम तय भएको छ,’ सोमबारको कार्यतालिकाबारे सभामुख श्रेष्ठले भने, ‘त्यसपछि मात्र प्रदेशको नामाकरणका सम्बन्धमा प्रस्ताव माग्ने कार्यक्रम रहन्छ।’