हेटौंडा, पुस २०
सूचना प्रविधिमा आधारित शिक्षण सिकाई (भर्चुअल कक्षा शिक्षण)अभिमुखीकरण एव् पृष्ठपोषण संकलन गोष्ठी आइतबार हेटौंडामा भएको छ । गत आर्थिक वर्षमा ग्रामीण र दुर्गम क्षेत्रका १०० ओटा सामुदायिक विद्याालयहरुमा परिक्षणको रुपमा व्रोडव्याण्ड ईन्टरनेटका माध्यमबाट अंग्रेजी, विज्ञान,र गणित विषयको अध्यापन सुरु गरी शिक्षाको गुणस्तर अभिवृद्धी गर्ने उदेश्यले यो कार्यक्रम सञ्चानमा ल्याईएको थियो ।

विद्यालयबाट बञ्चित भएका बालबालिकाहरुलाई लक्षित गरी व्रोडव्याण्ड ईन्टरनेटका माध्यमबाट अध्ययन अध्यापन गर्न सकिने पनि शिक्षा तथा मानव विकास केन्द्रका निर्देशक माधव दाहालले जानकारी दिए । दाहालले भर्चुअल कक्षा शिक्षण कार्यक्रमको प्रचारप्रसार तथा यस कार्यक्रमको सबैमा सचेता गर्ने उदेश्यले एकदिवसिय गाष्ठी राखेको पनि बताएको छ । शिक्षा तथा मानव विकास केन्द्र सनोठिमी भक्तपुरको आयोजना एव् शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको समन्वयमा भएको गोष्ठीमा मकवानपुरका दशै स्थानीय तहका सामुदायिक विद्यालयहरुको विद्यालय व्यवस्थानको अध्यक्षहरु, प्रध्यानाध्याापक तथा प्रतिनिधिस्वरुप केही विद्यालयका विद्यार्थीहरुको उपस्थितिमा सचेतना गोष्ठी गरेको हो ।

गाष्ठीमा भर्चुअल कक्षा शिक्षण सम्वन्धी जानकारी गराउनुका साथै यस शिक्षा प्रणलीलाई प्रभावकारी बनाउन के गर्नपर्ला भनि सहभागीहरुबाट सुझाव संकलनसमेत गरेका छन् । शिक्षा तथा मानव विकास केन्द्रका उपमहानिर्देशक विष्णु प्रसाद अधिकारी, सामाजिक विकास मन्त्रालय हेटौंडाका खुविराम अधिकारी लगायतका आतिथ्यता रहेको थियो ।