हेटौंडाः खरको छानामुक्त बनाउने अभियान बकैया गाउँपालिकाको वडा नम्बर १ बाट सुरु हुने भएको छ । गाउँ कार्यपालिकाको आज आईतबार बसेको बैठकले चालु आर्थिक वर्षमा १ नम्बर वडालाई खरको छानामुक्त बनाउने निर्णय गरेको हो ।
सो वडामा बढी मात्रामा विपन्न वर्गका नागरिकहरुको बसोबास रहेकोले सुरक्षित आवासका लागि खरको छानामुक्त बनाउन सोही वडालाई प्राथमिकता दिइएको गाउँ कार्यपालिका सदस्य लक्ष्मी माझीले बताइन् ।
गाउँपालिका भित्र रहेका खर तथा स्याउलाका छाना भएका, विपद् जोखिममा रहेका, विपन्न वर्गका नागरिकलाई सो सुविधा उपलब्ध गराउने गाउँपालिकाको सो सम्बन्धी कार्यविधिमा उल्लेख छ ।
खरको छानामुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागिरहेको सन्दर्भमा गाउँपालिकाले कार्यविधि र योजना बनाइ क्रमशः गाउँपालिकाको सबै वडालाई खरको छानामुक्त बनाउने योजनामा रहेको छ । गाउँपालिकाले तयार पारेको जस्तापाता वितरण कार्यविधि यस्तो छः

