हेटौडा,१२ पुस । प्रदेश ३ को राजधानी हेटौंडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियनसिपको तयारी पुरा भएको छ ।
हेटौंडा राइर्डस क्लबको आयोजनामा च्याम्पियनसिप हुन लागेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए । डिसेम्बर २८ अर्थात पुसको १२ गते शनिबारका दिन च्याम्पियनसिप हुन लागेको उनले बताए । मकवानपुरगढी गाउँपालिकाको कार्यालय, लक्ष्मण साइकल स्र्टोस र न्यू आर्यतारा ज्वेर्लस हुप्रचौर लगायत विभिन्न संघ संस्थाको सहयोगमा च्याम्पियनसिप हुन लागेको अध्यक्ष ताम्राकारले बताए । क्लबले विभिन्न कार्यक्रम गर्दै आइरहेको बेला भ्रमण वर्ष २०२० को अवसरमा च्याम्पियनसिप कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । च्याम्पियनसिपमा ४० जना भन्दा बढीले आफ्नो नाम दर्ता गराएका क्लबका सचिव सुरेन्द्र अर्यालले बताए । द्येशका देशका विभिन्न शहर हेटौंडा, काठमाडौं दाङ, धरान, निजगढ, सिमरा चितवनका गरि राष्ट्रिय स्तरका साइकिलिस्टहरुको पनि सहभागिता रहने सचिव अर्यालले बताए । शनिबार विहान ८ बजेबाट सामरीपुलबाट सुरु हुने च्याम्पियनसिपमा सहभागिहरु म्कवानपुरगढीको वडा ५ र ६ साविक आमभञ्ज्याङको डुम्रेकुना बाट वडा २ बाँसपानी हुदैं शिकरकटेरी वडा ३ को मक्रान्चुली पुगिने रुट रहेको अध्यक्ष ताम्राकारले बताए । मक्रान्चुलीबाट हेटौंडा ५ पिप्ले निस्केर सानोपोखरा हुदैं हुप्रचौरमा सञ्चालन हुने सडक खाना महोत्सवमा पुगी समापन हुने अध्यक्ष ताम्राकारले बताए । च्याम्पियनसिपमा सहभागिता जनाउन एक हजार दर्ता शुल्क लाग्ने छ । विजेताहरुलाई प्रथमलाई ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगदर सहित प्रदान गरिने अध्यक्ष ताम्राकारले बताए । च्याम्पियनसिपमा सहभागिता मध्ये ४० वर्ष माथीको एक जना साइकललिस्ट लाई उत्कृष्ट घोषित गरि २० हजार बराबरको साईकल पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ । करिब २८ किलोमिटर रहेको प्रतियोगिता मकवानपुरमा पहिलो पटक हुन लागेकोले सबैमा हर्ष रहेको जनाइएको छ । प्रतियोगिताभर सानिमा लाईफ इन्सोरेन्सको २ लाख ५० हजार बराबरको विमा सुविधा पनि रहेको आयोजकले जनाएको छ ।