हेटौंडा, पुस ११
मान साझेदार भविष्यको आधार हाम्रो बालबालिका बालश्रम,बालविवाहमुक्त मनहरी गाउँपालिका भन्ने मुल नाराका साथ मनहरी ४ मा शुक्रबार बालमैत्री घोषणाका लागि सन्देश मुलक खैंचडी भजन कार्यक्रम गरेको छ । मनहरी गाउँपालिकालाई यहि पुस २५ मा बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी अन्तर्गत मनहरीले विभिन्न वडाहरुमा मनहरी खैंचडी भजन समुहसंग समन्वय गरी सो खैंचडी कार्यक्रम गरेको हो । बाल विवाह गर्न नहुने, बालश्रमशोषण, मानवबेचविखन विषयवस्तुहरुलाई समेटेर खैंचडी भजन अन्र्तगत समुदायलाई सचेतना गराईएको छ ।

४ का वडा अध्यक्ष धुर्व खड्काको अध्यक्षता भएको सो कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष मनिला विष्ट रहेको थियो । यसैगरी सामाजिक विकास अधिकृत राजेन्द्र चौंलागाई, माईती नेपालका कार्यक्रम संयोजक माया लामा, सहसंयोजक मन लामा , जिल्ला पत्रकारमहासंघका उपाध्यक्ष सरिता दाहाल लगायत बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता पविना लामाको उपस्थिति रहेको थियो ।