हेटौंडा, पुस ९
प्रदेश नम्बर ३ सरकारले खाद्यवस्तु जाँच गर्नका लागि प्रयोगशाला निर्माण गर्ने भएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपभोक्ता हक हितका लागि खाद्यवस्तु प्रयोगशाला निर्माण गर्न लागेकोे हो । प्रदेश राजधानी हेटौंडामा नै प्रयोगशाला निर्माण गर्ने तयारी भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले जानकारी दिएको छ ।

खाद्य प्रयोगशाला निर्माणका लागि मन्त्रालयले ९० लाख रुपैयाँ चालु आर्थिक वर्षको वजेटमा छुट्याएको छ । खाद्य प्रयोगशाला सकेसम्म हेटौंडा औद्योगिक क्षेत्रमा निर्माण गर्न लागिएको मन्त्री नेपालका निजी सचिव नवराज पुणासैनीले बताए । अहिले जग्गाको खोजी भईरहेको, जग्गा उपलब्ध हुने वित्तिकै ‘तत्काल काम सुरु गरिहाल्ने योजना रहेको पनि बताएको छ । सकेसम्म हेटौंडा औद्योगिक क्षेत्र भित्र नै खाद्य जाँच प्रयोगशाला निर्माण गर्नेगरी तयारी भएको बताईएको छ ।