हेटौंडा,पुस ७
विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पाटी (नेकपा) मकवानपुरका जिल्ला इन्चार्ज विरबहादुर घलान ज्वालाले आजबाट आफु रहँदै आएको पाटी परित्याग गरेको घोषणा गरेको छ । विज्ञप्ती जारी गर्दै घलानले आफु अव स्वतन्त्र रुपमा रहने र विप्लप नेतृत्वको पाटी परित्याग गर्ने घोषणा गरेको हो । विप्लप पार्टीमा रहँदाको समयमा विभीन्न मुद्धा लगाएर केही महिना अगाडी प्रहरीले घलानलाई पक्राउ गरेको थियो ।
घलानले पाटी परित्याग गरेको विज्ञप्ती निकाले पश्चात रिहाई भएको हो । मनहरी गाउँपालिका वडा नम्बर ८ वस्ने घलानले पार्टी परित्याग गरेसंगै प्रहरीले छाडिदिएको छ । घलानसंगै मनहरी २ वस्ने राजकुमार पाख्रीन, थाहा नगरपालिका वडा नम्बर ८ वस्ने सुरज थिङले पनि पार्टी परित्याग गरी स्वतन्त्र रुपमा जिवन यापन गर्ने विज्ञप्ती जारी गर्दै पाटी परित्यागको घोषणा गरेका छन् ।