हेटौंडाः नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छाडेपछि विरबहादुर घलान (ज्वाला) हिरासत मुक्त भएका छन् । मकवानपुरका जिल्ला इन्चार्ज रहेका उनले पार्टी परित्याग गरेको घोषणासँगै हिरासत मुक्त भएका हुन् ।
उनलाई विभिन्न मुद्दामा दोषी देखाउँदै पक्राउ गरी भीमफेदी कारागारमा राखिएको थियो । केही दिनअघि उनी छुटेपनि फेरि पक्राउ परेका थिए । आज आईतबार पाटर्टी परित्याग गरेपछि उनी हिरासत मुक्त भएका हुन् । उनले विज्ञप्ती जारी गर्दै विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अलग भएको बताएका हुन् ।
विज्ञप्तिको विवरण यस्तो छः
विज्ञप्ती मार्फत पार्टी त्यागेको जनाउँदै उनले अब स्वतन्त्र रुपमा रहने उल्लेख गरेका छन् । उनीसँगै मनहरी–२ का राजकुमार पाख्रिन र थाहा नगरपालिका–८ का सुरज थिङले पनि सो पार्टी परित्याग गरी स्वतन्त्र रुपमा जीवनयापन गर्ने विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।