हेटौंडा, पुस ६
भीमफेदी १ श्री राष्ट्रिय मा.वि सानुटार स्थित समुदाय प्रहरी साँझेदारीको समन्वय तथा माईती नेपाल हेटौंडाको आयोजनामा एकदिवसिय अभिमुखीकरण र सचेतनामुलक सडक नाटक गरेको छ ।
मानव बेचविखन विरुद्ध तथा सुरक्षित आप्रावसन सम्वन्धि सचेतना र बालविवाह विरुद्ध सरकारले निर्माण गरेको नीतिको जानकारी गराउने उदेश्यले कक्षा ९ र १० का विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको हो भने विद्यालयका सम्पुर्ण विद्यार्थीहरु एव् शिक्षकहरुको वीचमा सडक नाटक देखाईएको हो। श्री राष्ट्रिय मा.वि सानुटारमा आईतबार भएको सो अभिमुखीकरणको सहजीकरण माईती नेपालको कार्यक्रम संयोजक माया लामा र बालविवाह मुक्त प्रदेश अभियानको सहजकर्ता पविना लामाले गरेको हो ।
कार्यक्रम, वडा अध्यक्ष श्याम बलको प्रमुख आतिथ्य एव् विद्यालयका प्रध्यानाध्यापक अन्जित कुमार यादवको अध्यक्षतामा भएको हो । काय्र्रक्रममा विद्यालयका शिक्षकहरु, माईती नेपालको कार्यक्रम सहसंयोजक मन लामा, वडा प्रहरी कार्यलय चौकीटोलका हवल्दार नविन कुमार श्रेष्ठ, प्रहरी जवान लाल बहादुर मगर लगायत नाटकका कलाकारहरुको उपस्थितिमा भएको हो ।