हेटौंडाः पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ बिजौनामा लाग्ने गरेको रमनटार बिजौना चुरियामाई मेला विगत लामो समयदेखि रमनटारस्थित राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा हुँदै आएकोमा यस वर्षदेखि पशुपति सामुदायिक वन उपभोक्त समुहभित्र रहेको प्राङ्गणमा लाग्ने भएको छ ।
विद्यालय प्रङ्गणमा विद्यालयको भौतिक संरचना निर्माण भइरहेको तथा शैक्षिक क्षेत्रलाई शान्त बनाउनका लागि मेला भर्ने स्थान सारिएको हो । मेलालाई भव्य पार्नका लागि रमनटार बिजौना चुरियामाई मेला व्यवस्थापन नै गठन गरि मेला आयोजना गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष राजेश मुक्तानले जानकारी दिए ।
लामो सयमदेखि चलिआएको सँस्कृतिलाई जार्गेन गर्ने उद्देश्यले मेलालाई निरन्तरता दिएको अध्यक्ष मुक्तानको भनाई छ । मेलामा जुवा, तास, लङ्गुर बुर्जा तथा मदक पदार्थमा बेचबिखन गर्न निषेध गरिएको छ । मेलालाई शान्त वातावरणमा सफल पार्नका लागि सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको छ ।