हेटौंडा, पुुस २
माईती नेपाल हेटौंडाले हेटौंडा उपमहानगरपालिका ६ स्थित श्री बाल जागृति यूवा वर्ष मा.वि गौरीटारमा एकै दिन २ ओटा कार्यक्रम गरेका छन् । बुधबार भएको कार्यक्रम, मानव बेचविखन विरुद्ध तथा सुरक्षित आप्रवासन सम्वन्धि एकदिवसीय अभिमुखीकरण र मानव बेचविखन विरुद्धको सचेतनामुलक सडक नाटक गरेको हो । यस्तै माईती नेपालसंग समन्वय गरी नारीसिप श्रीजना केन्द्र हेटौंडाले अन्तराष्ट्रिय आप्रावासी कामदार दिवस २०१९ को अवसरमा अभिमुखीकरण गरेका छन् । नारीसिपका ज्योति बम्जनले सो अवसरमा विद्यार्थीहरुमा सहजीकरण गरेको हो ।

यसैगरी विद्यार्थीहरुको वीच गरिएको अभिमुखी कार्यक्रममा मानव बेचविखनको वर्तमान अवस्थाको बारेमा छलफल गर्नुको साथै मानव बेचविखन बैदेशिक रोजगारको बाहानामा भईरहेको विषय र बालविवाह विरुद्धको विषयलाई महत्वपुर्ण रुपमा जोड दिदै कार्यक्रमको सहजीकरण बालविवाह मुक्त प्रदेश अभियानको सहजकर्ता पविना लामाले गरेका हुन् । सो कार्यक्रम सोही विद्यालयका प्र.अ गोपाल चन्द्र भट्राईको अध्यक्षता एव् प्रमुख अतिथिमा विद्यालय व्यवस्थापनका अध्यक्ष ईन्द्रमणि गौतमको उपस्थितिमा भएको हो ।

कार्यक्रममा माईती नेपाल हेटौंडाका कार्यक्रम सहसंयोजक मन लामा , वडा प्रहरी गौरीटारका प्रहरी साहायक निरिक्षक डम्बर बहादुर केसी, लगायतले शुभकामना मन्तव्य राखेका हुन् । माईती नेपाल हेटौंडाको आयोजनामा भएको कार्यक्रम नारीसिप श्रीजना केन्द्र हेटौंडा, बाल जागृति युवा वर्ष मा.वि गौरीटार तथा समुदाय प्रहरी साझेदारी गौरीटारको समन्वयमा भएको हो ।