हेटौंडा, पुस २
उजिर सिंह माध्यामिक विद्यालय बुटवल –२ मा गठित नेपाल यूवा रेडक्रस सर्कलले रक्तदान कार्यक्रम गरेको छ । विद्यालयको ५७ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको पूर्व सन्ध्यामा बुधबार रक्तmदान कार्यक्रम गरेको हो । कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् भने, रक्तदानबाट ३५ यूनिट रगत सङकलन भएको सर्कलकी शिक्षक नायक रीता ज्ञवालीले जानकारी दिएका हुन् ।
सर्कलको अध्यक्ष समीक्षा वि.कको अध्यक्षतामा भएको सो कार्यक्रम बुटवल उपमहानगरपालिका वडा न.२ का वडा अध्यक्ष रमेश प्रसाद नेपालको प्रमुख आतिथ्यतामा भएको हो । विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापनका अध्यक्ष छवि नेपाल एव् अतिथिहरुमा विद्यालयका प्रधानाध्यापक तथा सर्कलका संरक्षक श्री पदम राज ज्ञवाली, नेपाल रेडक्रस सासोसाईटीका मणि मुकुन्द, उपशाखा बुटवलका कार्यबाहक सभापति तथा शिक्षक अभिभावक संघका सभापति सुहा वहादुर नेपाली, शिक्षक प्रतिनिधि श्री गौतमलाल शाक्य लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।
रक्तदान कार्यक्रमको सञ्चालन सर्कलका सहशिक्षक नायक जीवन गैरेले गरेका थिए । रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक तथा शिक्षक प्रतिनिधि श्री गौतमलाल शाक्यले ममतामयी माता स्व.श्री कमला देवी शाक्यको स्मरणमा खाजा व्यवस्थापन गरेका हन् । यसैगरी सर्कलका लागी आवश्यक पर्ने वेडसेट समाजसेवी तथा शिक्षक अभिभावक संघका सदस्य श्री रमेश जोशीले उपलब्ध गराएर सहयोग गरेका छन् ।