हेटौंडा,३० मंसीरः पर्यटन वर्ष २०२० लाई प्रचार गर्ने उदेश्यका साथ आज हेटौंडाबाट प्रदेश ३ का २ दर्जन पत्रकारहरु प्रदेश भ्रमणमा निस्किएका छन् । ३ नम्बर प्रदेश पत्रकार महासंघको आयोजना एवम् उद्योग वन तथा वातावरण मन्त्रायल ३ नम्बर प्रदेशको सहकार्यमा कार्यक्रम भएको हो ।
भ्रमण टोलीका पत्रकारहरुलाई बिदाईका क्रममा बोल्दै उद्योग वन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले मिडिया मार्फत पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ३ नम्बर प्रदेश भ्रमण टोलीले मकवानपुरसहित सिन्धुली, काभ्रे, रामेछाप, नुवाकोट, सिन्धुपाल्चोक लगायत यस प्रदेशका सबै जिल्लाको हिल स्टेसनको अवलोकन तथा प्रचार गर्ने नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारुले जानकारी दिए ।