हेटौंडा, मसिंर २९
मनहरी गाउँपालिकामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिसंग आइतवार बैठक बसेको छ । गाउपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको सो बैठक माईती नेपालको आयोजना तथा गाउँपालिको समन्वयमा बसिएको हो । बैठकमा गाउँपालिकामा मानव बेचविखनको वर्तमान अवस्था र बालमैत्री घोषण गर्नमा गाउँपालिकाले तत्काल गरिएको प्रयासहरुलाई मुख्य एजेण्डा बनाई छलफल गरिएको थियो ।

बैठकमा न्यायिक समिति संयोजक तथा पालिका उपाध्यक्ष मनिला बिष्ठ, कार्यपालिका सदस्य, वडा सदस्य र प्रहरी लगातको सहभागी रहेको थियो । मार्सिक चल्ने यो बैठक आमान्त्रित अतिथिको रुपमा माईती नेपालको कार्यक्रम संयोजक माया लामा , सहसंयोक मन लामा , मकवानपुर महिला समुहका निसा लामा , हेमराइट्सका कुमारी वाईवा , बालविवाह मुक्त प्रदेश अभियानको सहजकर्ता पविना लामाको उपस्थिति रहेको थियो ।