हेटौंडा,२७ मंसीरः मकवानपुर बहुमुखी क्याम्पसमा तेस्रो बिबिए/बिबिएम कप आज शुक्रबारदेखि सुरु भएको छ ।
आइतबारसम्म सञ्चालन हुने बिबिए/बिबिएम कप अन्तर्गत फूटबल, डोरी तान्ने र व्याडमिन्टन खेल हुने मकवानपुर बहुमुखी क्याम्पसका बिबिए/बिबिएम कार्यक्रम निर्देशक मधुकुमार सिंहले जानकारी दिए ।

मकवानपुर बहुमुखी क्याम्पसका बिबिए/बिबिएम परिवारले आयोजना गरेको कार्यक्रमलाई क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले सहयोग गरेको छ । विद्यार्थीलाई रचनात्मक कार्यका साथै व्यवहारिकतामा जोड दिन कार्यक्रम आयोजना गरिएको जनाइएको छ । खेलमा सबै विद्यार्थीलाई समेट्ने प्रयास गरिएको कार्यक्रम निर्देशक सिंहले जनाएका छन् ।

क्याम्पसको बिबिए/बिबिएम कार्यक्रम अन्तर्गत २६० जना विद्यार्थी अध्ययनरत छन् ।