हेटौंडा,२३ मंसीरः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियारले सम्पुर्ण कार्यालयलाई अख्तियार पत्र काट्नाले विकास निर्माणका काम ठप्प भएको आरोप लगाएका छन् ।
भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री यस्तो बताएका हुन् ।
‘समृद्द देश बनाउन र सुशासन कायम गर्ने प्रक्रियामा अख्तियार आतंकले वाधा पुर्यायको छ’, उनले भने ।
कसैले वेनामे उजुरि गरेको भरमा अख्तियारले पत्र काट्छ भने त्यसमा आफ्नो गल्ति नहुँदा नहुँदै किन डराउनु भन्दै उनले वेनामे उजुरि गर्रेहरू विना आधिकारिक हुने तर्क गरे । साथै त्यस्ताहरूसँग नडराउन कर्मचारिहरूलाई आग्रह पनि गरे । ‘उजुरि पर्दैमा काम काज गर्न छोड्ने पवृति त्याग्नुपर्छ’ उनले भने।
पैसाको कारोवारमात्र नभई आफ्नो पदीय दायित्व निर्वाह नगर्नुलाई पनि भ्रष्टाचारको रुपमा मुख्यमन्त्री पौडेलले व्याख्या गरेका हुन् । भ्रष्टाचार गर्ने मुलुकको सुचिमा आफ्नो देश पनि परेको प्रति पीडावोध गर्दै मन्त्री पौडेलले अख्तियार दुरूपयोग अनुसन्धान आयोग भ्रष्टाचार गर्नेहरूलाई कडा भन्दा कडा कारवाहि गर्न समेत आग्रह गरे ।
मकवानपुर जिल्लामा यस आर्थिक वर्षको कार्तिक मसान्तसम्म अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडामा भ्रष्टाचार सम्वन्धि १३३ वटा उजुरि परेकोमा ९८ वटा उजुरि फर्च्याछौट हुन बाकि रहेको तथ्याङले देखाएको छ । आयोगको हेटौंडा कार्यालय प्रमुख शिवकुमार कार्कीले गरेको प्रस्तुतीकरणमा विश्वका १ सय ८० राष्ट्रमध्ये सुशासन सूचांकमा नेपाल १ सय २४ स्थानमा रही ३१ अंक प्राप्त गरेको छ । नेपालको छवि सुध्रन नसकेको र भ्रष्ट मलुक नै रहेको कार्यक्रममा जानकारी दिईएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनामा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा कार्यक्रम भएको हो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता तथा आयोगको हेटौंडा कार्यालय प्रमुख शिवकुमार कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकटेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरूण नेपाल, भुमि व्यवस्था, कृषि तथा सहकारि मन्त्री दावादोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश तीनका प्रमुख सचिव तोयम राय, प्रदेश सचिवहरू, स्थानीय तहका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख लगायत सहभागी थिए ।