हेटौंडाः रुपन्देहीस्थित यज्ञोदय दुग्धनाथ थारु वहुमुखी क्याम्पसका विविएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरु र प्राध्यापकको अध्ययन अवलोकन भ्रमण टोली हेटौंडा आएको छ । भ्रमण टोलीले मकवानपुर उद्योग वाणिज्य संघको टिमसँग सम्बन्धित विषयमा छलफल गरेको हो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको छलफलमा क्याम्पसका प्राध्यापक दामोदर अर्यालले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र प्रर्याप्त नहुने भएकोले भ्रमणबाट यथार्थ बस्तुस्थिति बुझ्न कार्यक्रम गरिएको बताए । भ्रमण टोलीलाई अध्यक्ष कटुवालले स्वागत गरे । छलफलमा विद्यार्थीहरुले राखेका जिज्ञासामाथि प्रष्ट्याउँदै मकवानपुर जिल्लामा औद्योगिक व्यावसायिक गतिविधि संघको गतिविधि लगायतको बारेमा जानकारी गराएका थिए ।
विद्यार्थीहरु अध्ययनपछि विदेश पलायन हुनुपर्ने बाध्यता रहेको भन्दै विदेशिएपनि पुनः नेपाल फर्केर स्वरोजगारमूलक उद्यममा लाग्नुपर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा संघका महासचिव प्रमोदसिंह रानाभाट, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी, सचिव सन्तोष अर्याल, कार्यकारी सचिव पवन कार्की, कार्यालय सहायक विजय भण्डारी, भ्रमण टोलीका प्राध्यापकद्वय दामोदर पंगेनी र सरोज अर्याल लगायत विद्यार्थी र प्राध्यापकहरु सहभागी थिए ।