हेटौंडाः मकवानपुरका सञ्चारकर्मी मणिराज गौतम काठमाडौंमा सम्मानित भएका छन् ।
करिब डेढ दशकदेखि रङ्ग पत्रकारितामा कलम चलाएका गौतम शुक्रबार काठमाडौंमा आयोजित आठौं म्युजिक खबर म्युजिक अवार्डको अवसरमा म्युजिक खबर मोफसल रङ्ग पत्रकारिता सम्मान–२०७६ बाट सम्मानित भएका हुन् ।
उनलाई चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराई, वरिष्ठ गीतकार रत्नशमसेर जवरा, वरिष्ठ कलाकार बशुन्धरा भुसाल, आयोजक संस्थाका अध्यक्ष सुमन पण्डित, सविता पोखरेल लगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।