हेटौंडा,१३ मंसिर
लैंगिक हिंसा बिरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियानको चौथौं दिन शुक्रबार माईती नेपाल हेटौंडामा रहेको किशोरीहरुलाई विवाह सम्वन्धि बनेको नयाँ नीति २०७४ विषयकमा सचेतना गरिएको छ । माईती नेपालमा सिलाईकटाई एव् सिपमुलक तालिम लिईरहेको २० जना किशोरीहरुवीच मकवानपुर जिल्लाका बालविवाहमुक्त प्रदेश अभियानको सहजकर्ता पविना लामाले सहजीकरण गरिएकोे हो ।

सिपमुलक तालिम लिएर स्वरोजगार बन्ने लक्ष्य राखेका २० वर्षमुनि किशोरीहरुवीच उमेर नपुगी विवाह गर्दा आउने समस्याहरुमा वृृहत छलफल गरिएको थियो । साथै मुलुकी अपराध संहिता २०७४ मा उल्लेखित विवाह संवन्धि नीतिलाई महत्वका साथ सहजकर्ता लामाले जानकारी गराईएको थियो । यस नीतिमा विवाह गर्न केटाकेटीको उमेर २० वर्ष पुरा अनिवार्यता गरेको र केटाकेटीको २० वर्ष पुरा नभई विवाह गर्ने गराउने अभिभावकलाई ३ वर्ष कैद र ७५ हजार जरिवाना उल्लेख गरिएको समेत बताइएको छ।

कैलाश, बागमति, मनहरी, भिमफेदी गाउँपालिका लगायतका किशोरीहरुले माईती नेपालमा सिलाईकटाइ तथा सिपमुलक तालिममा उपस्थित रहेको छ । प्रदेश नम्वर ३ सामाजिक विकास मन्त्रालयले २०७८ सम्ममा बालविवाह मुक्त प्रदेश घोषणा गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पुरा गर्न दिन प्रदेश भर सहजकर्ताहरु नियुक्त गरेको थियो ।