सांकेतिक तस्वीर

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–५, क्याम्पाडाँडामा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका छन् ।

रड बोकेर हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको ना ६ त ३५४२ नम्बरको ट्रयाक्टर क्याम्पाडाँडा मोडमा पल्टिएको हो । तीब्र गतिमा रहेको ट्रयाक्टर मोडमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको बताईएको छ ।