हेटौंडा,७ मंसीरः ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियान लिएर अघि बढिरहेको सरकारको सामु बकैयाको यो विद्यालय चुनौतीको रुपमा उभिएको छ ।

आधारभूत तहमा पठनपाठन गर्ने विद्यार्थीहरु यस्तो कोठामा कष्टपूर्ण तरिकाले सिक्न बाध्य छन्, भने वनदेवी कालिका प्रा.विका शिक्षकहरुलाई पनि सिकाउन त्यत्तिकै चुनौती छ ।

तस्वीरः सृजना थिङ/छतिवन

साविक धियाँल गाविस–५, तथा हालको बकैया गाउँपालिका–१,मा पर्ने ठूलोहाँडीमा विद्यार्थी निकै असहज वातावरणमा सिकिरहेको देखेपछि सामाजिक/राजनीतिक अभियन्ता सृजना थिङले फेसबुकमा पोष्ट गर्दै ‘सम्बन्धित निकायको ध्यान जाओस्’ भनेकी छन् ।
उपयुक्त कक्षाकोठा र डेस्क, बेन्चको अभावमा साना बालबालिकाले कष्टपूर्ण तरिकाले पठनपाठन गरिरहेको दृष्य समेटिएका केही फोटोहरु पोष्ट गर्दै उनले ”बकैया गाउँपालिका वडा नम्बर-१, साबिक धियाँल-५, मा जे देखियो । सम्बन्धित निकायको चाँडै ध्यान पुगोस्” भनेकी हुन् ।

भौतिक पूर्वाधार विकासका हिसाबले निकै पछाडी परेको यस क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकता पूरा गर्नका लागि समेत यहाँका नागरिकले कष्ट झेल्दै आएका छन् ।
तस्वीरहरुः सृजना थिङ/छतिवन