हेटौंडाः प्राथमिक तहमा स्थायी भएका शिक्षकहरूले आज शुक्रबार नियुक्तीपत्र सहित सपथ ग्रहण गरेका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा हेटौंडामा भएको कार्यक्रमका बीच १८५ जना स्थायी शिक्षकहरूले सपथ ग्रहण गरेका हुन् । कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख खुलालले मकवानपुरको शिक्षकहरुलाई शैक्षिक पक्ष उकास्न आग्रह गरेका छन् ।
शिक्षकहरूको हातमा भविष्यका कर्णाधार तथा देशको भविष्य जोडिएको भन्दै उनले असल नागरिक तथा समृद्ध मुलुक निर्माणमा शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा शिक्षा विकास ईकाइ समिति मकवानपुर प्रमुख लिलानाथ गौतम, हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत, शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल लगायतको सहभागिता रहेको थियो ।