हेटौंडाः कर भुक्तानीमा व्यवसायीहरुलाई सहजता प्रदान गर्ने उद्देश्यका साथ हेटौंडामा व्यवसायी र आन्तरिक राजश्व कार्यालयबीच कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालय हेटौंडाको सहयोगमा हेटौंडाको व्यवसायीहरुलाई अनलाइन मार्फत कर भुक्तानी गर्न सहजीकरण गरिएको हो । आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत सन्त बहादुर ढकालले अनलाइन मार्फत कर भुक्तानी गर्ने प्रक्रियाका बारेमा कार्यक्रममा सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहभागी व्यवसायीहरुले भेकल एण्ड कन्साइमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) प्रणाली कार्यान्वयनमा ल्याउन अझै आफुहरु सक्षम अवस्थामा नरहेको बेला सरकारले हतार गरेको आरोप लगाए ।