जाडो महिना शुरु भईसकेको छ । काठमाडौँ लगायत देशभर जाडो बढ्दैछ । विषेश गरि जाडोमा हामीले हाम्रो स्वास्थ्यमा धेरै ध्यान पुर्याउनै पर्दछ । जाडो महिनामा कयौँ मानिसहरुलाई नाक बन्द हुने, नाकबाट पानी बग्ने आदि समस्या देखापर्दछ । यस्तै कयौँलाई त ज्वरोले सिकिस्त पनि बनाउने गर्दछ । यहिकारण तपाईंले एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना हुनुपर्ने स्थिती आउने गर्दछ ।

तसर्थ, जाडोको समयमा आफ्नो स्वास्थ्यको आफैँ हेर विचार गर्न जरुरी छ । दिइएको टिप्समा ध्यान दिनुहोस र जाडोबाट बच्नुहोस ।

अदुवाको टुक्राको रस २० मि.ली. देखि ३० मि.ली. सम्म दिनमा तीन पटक लिनाले र्सर्दीबाट आराम मिल्छ ।

दश ग्राम लसुनलाई १ कप दुधमा उमालेर साँझमा सुत्नेबेलामा वा खाजा खानुभन्दा अघी सेवन गर्नुहोस् ।

एक चम्चा प्याजको रस बराबर मात्रामा मह मिसाएर दिनमा तीनपटक लिनुहोस् ।

वेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउनुहोस् ।

कालो मरिच डढाएर धुवा सुँघनाले बन्द नाक खुल्छ ।

अलिकति अदुवा, अजवाइन, ल्वाङ ५ वटा, कालो मरिच ३ वटा, मेथी १ चम्चा, तुलसी र पुदिनाको पात १० वटा यी सबैलाई मिलाएर दिनमा दुइपटक सेवन गर्नाले आराम हुनेछ ।

एक गिलास तातो पानीमा १ चिम्टी नुन, १ चिम्टी खाने सोडा मिसाएर दिनमा दुइपटक र सुत्ने समयमा कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम मिल्छ ।

ज्ञानविज्ञानबाट