हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेशको लहर चलेको छ । बकैयाको वडा नम्बर–६, मा भएको एक कार्यक्रमबीच १५५ जना नेकपामा प्रवेश गरेका हुन् ।


यसअघि पनि बकैया–७ मा भएको कार्यक्रमका अवसरमा पनि ९४ जना विभिन्न पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । काँग्रेस तथा राप्रपाबाट बिरबहादुर पाख्रिन, मालती गोले, मान बहादुर गोले, चेत बहादुर लामा, फुलमाया भोलन, गंगामाया घलान लगायत १ सय ५५ जना नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिवालय सदस्य लक्ष्मी माझीले जानकारी दिइन् ।

नेकपा ३ नम्बर प्रदेशका सदस्य सर्केश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपाका युवा नेता तथा जिल्ला सचिवाल सदस्य हिदम लामाको विशेष आतिथ्यता रहेको थियो । सो समारोहमा नेकपा मकवानपुर जिल्ला तहका नेताहरु, क्षेत्रीय कमिटीका नेता, गाउँपालिका पदाधिकारी तथा सदस्यहरु अतिथी रहेका थिए ।