सांकेतिक फोटो

हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, चुरियामाई मन्दिर नजिकै ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा दुइजना गम्भीर घाइते भएका छन् ।

मोटसाईकलमा सवार दुईजना गम्भीर घाईते भएको जनाइएको छ । ना ५ ख ९०५५ नम्बरको ट्रकले मोटरसाईकललाई ठक्कर दिएको हो । घाईतेहरुको पहिचान हुन सकेको छैन । उनीहरुलाई हेटौंडाको चुरेहिल अस्पताल पुर्याएको छ ।