सांकेतिक तस्वीर

हेटौंडा,३ मंसीरः मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकमा आजदेखि ३ दिनसम्म निःशुल्क आँखा शिविर हुने भएको छ ।

बकैया–४, स्थित प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा शिविर सञ्चालन हुने भएको हो । आज मंगलबार देखि बिहिबारसम्म चल्ने शिविर अन्तर्गत निःशुल्क आँखा शल्यकृया हुने जनाइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा निःशुल्क आँखा शल्यकृया शिविर हुन लागेको बकैया गाउँपालिका–४, का अध्यक्ष राजन दंगालले जानकारी दिए । आँखा शिविरमा आँखा परीक्षण गर्दा शल्याकृया गर्नुपर्ने बिरामी देखिएमा प्रथामिक स्वास्थ्य केन्द्र छतिवनमा नै शल्यकृया गर्ने व्यवस्था समेत मिलाईएको वडा अध्यक्ष दंगालले बताएका छन् ।

बकैया गाउँपालिका–४ र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंको आयोजनामा निःशुल्क आँखा शल्यकृया शिविर आयोजना गरिएको हो । शिविरको माध्यमबाट विपन्न तथा आँखाको समस्या भोगिरहेका स्थानीयहरुलाई सेवा दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।