हेटौंडा,१ मंसीरः जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अध्यक्षमा कल्पना श्रेष्ठ विजयी भएकी छिन् ।

शनिबार राती सम्पन्न संघको निर्वाचनबाट १५ मतान्तर सहित श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी हुन् । श्रेष्ठले ५० मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिस्पर्धी राजु गौतमले ३५ मत प्राप्त गरेका निर्वाचन अधिकृत नारायणप्रसाद देवकोटाले ।

संघको उपाध्यक्षमा मिना चौरेलले ६० मत प्राप्त गरी विजयी भइन् भने प्रतिस्पर्धी लक्ष्मी मोक्तानले २४ मत प्राप्त गरिन् । ५१ मत प्राप्त गरेका बिरेन्द्रप्रसाद ढुंगाना संघको सचिवमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी उद्घव लामिछानेले ३४ मत ल्याए । संघको कोषाध्यक्षमा ५५ मतका साथ विष्णुमाया लामा विजयी भएकी छन् । उनका प्रतिस्पर्धी शर्मिला श्रेष्ठले २७ मत प्राप्त गरिन् । सहसचिव पदमा विजयबहादुर बस्नेत निर्विरोध निर्वाचित भएका थिए ।

संघको खुल्ला सदस्यमा हिमाल पौडेल (४६ मत) र जुना दंगाल (४७ मत) विजयी भए । संघको क्षेत्रगत संचालक सदस्यतर्फ पूर्वी क्षेत्र सदस्यमा सिताराम दाहाल, पश्चिमी क्षेत्र सदस्यमा शंकरप्रसाद कालाखेती, उत्तरीपूर्वी क्षेत्रबाट शर्मिला महत, उत्तर क्षेत्रबाट समितिमा फणिन्द्रनाथ सुवेदी निर्विरोध निर्वाचित भए । संघको लेखा समिति संयोजकमा सुलोचना स्याङ्तान, सदस्यमा पुष्पराज पराजुली र सचिता भट्टराई निर्विरोध भएको निर्वाचन अधिकृत देवकोटाले जानकारी दिए ।

प्राप्त जानकारी अनुसार १३८ जना शेयर सदस्य रहेको संघमा ११० जना मतदाता रहेको र ८६ मत खसेको थियोे ।