हेटौंडा,२४ कात्तिकः मकवानपुरको हेटौंडा उपमहानरपालिका–११, रातोमाटेमा इन्धन बोकेको ट्याङ्करले बस र सुमोलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन् ।
घाईते हुनेहरुमा ट्याङ्कर चालक सल्यान जिल्ला शारदा नगरपालिका–२, का २७ बर्षीय खगेन्द्र डांगी, ट्याङ्करमा सवार बारा जिल्ला जितपुर सिमारा उपमहारपालिका–१, का भावना थापा, हेरुनदेवी मगर, शिला स्याङ्तान, पवित्रा बम्जन, रुदेल थापा, ज्योति घिसिङ, सुशिला स्याङ्तान, विमला स्याङ्बो, थिकेश भोम्जन र पियासु भोम्जन रहेका छन् ।
अमलेखगञ्जबाट इन्धन बोकेर हेटौंडातर्फ आईरहेको लु १ ख ६५८२ नम्बरको ट्याङ्करले ना ४ ख ४३५१ नम्बरको बस र ना १ ज ६२४४ नम्बरको सुमोलाई ठक्कर दिएको हो । ट्याङ्करले बस र सुमोलाई ठक्कर दिएपछि अनियन्त्रित भई खोल्सामा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।