हेटौंडाः मकवानपुर जिल्लामा रही चार दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील राष्ट्रिय समाचार समिति मकवानपुरका समाचारदाता कृष्णराम परियारलाई पत्नीशोक परेको छ । मंगलबार बिहान काठमाडौंको मनमोहन अस्पतालमा उपचारका क्रममा परियारकी धर्मपत्नी मिना परियारको मृत्यु भएको हो ।

हेटौंडा उपमहानगरपालिका–८, कमाने बसोबास गर्ने परियारकी धर्मपत्नी मिनाको ५३ वर्षको उमेरमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । विगत ५ वर्षदेखि मुटु र मृगौला (किड्नी)को समस्या झेल्दै आएकी परियारको सघन उपचार कक्ष (आइसियु)मा उपचारको क्रममा काठमाडौंको मनमोहन अस्पतालमा मिनाको मृत्यु भएको थियो । परियार दम्पत्तीको २ छोरी र १ छोरा छन् ।