नौ महिना पूरा भयौ
थाहा थिएन
तिमीलाई स्वागत गर्न मैले
शरीरलाई सियोसँग सम्बन्ध गाँस्नुपर्छ भन्ने

मातृत्वमा झल्किएको हाँसो
शरीरको आधा हिस्सा हौ
म शैयामा पल्टिरहँदा
अर्को शैयामा मुस्कुराई रहेको मान्छे तिमी

तिमी आयौ मेरो जीवनमा
तिम्रो आगमनले रमाएका
मेरा मन मस्तिष्क
त्यस समय मैले महसुस गरेको पीडा
कहाँ सजिलो रहेछ र आमा बन्न

आमा बनिसकेपछि
तिमीलाई खोजिरहेका यि आँखा
र, सँगै लडिरहेका मेरो शरीर
शरीर सञ्चालन गर्नका लागि
लगाईएका बोतलका थानहरु

तिम्रो हाँसोमा ती पीडाहरु पनि फिक्का लाग्यो
साँच्चै आमा बन्न कहाँ सजिलो छ र ?