हेटौंडा,५ कात्तिक । प्रदेश नं ३ का प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले प्रदेशसभाले देशको मूल कानूनका रुपमा रहेको संविधान र सङ्घीय सरकारले निर्माण गरेका ऐनसँग बाझिने गरी कानून निर्माण नगरेको बताउनुभएको छ ।
अधिबक्ता तथा संबिधानसभा सदस्य मिडियामा भएको आएका समाचार र त्यसप्रति भएका टिकाटिप्पणीको कारण संसदमा दर्ता भएको बिधेयक समेत फिर्ता हुने ताकत राख्ने बताउनुभएको छ । आज हेटौंडामा आयोजित संसदिय मामिला पत्रकारिता सम्बन्धी कार्यक्रममा तालिम दिनेक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
भण्डारीले पत्रकारले संसदमा गरेको रिपोर्टिङले सरकारलाई आफुले पेश गरेको त्रुटी सच्याउन समेत सजिलो भएको बताउदै संघिय संसदबाट फिर्ता भएको गुठी बिधेयकको उदाहरण दिंदै राष्ट्रहितमा समर्पित पत्रकारिता गर्न पत्रकारहरुलाई अनुरोध समेत गर्नुभयो । उहाँले पत्रकारितामा प्रदेशहरुमा संसदिय पत्रकारिताको अभ्यास नयाँ भएकोले संसदभित्र सुचना लिन सकिने स्थानहरुको बारेमा समेत चर्चा गर्नुभयो । भण्डारीले संसदबाट नै सांसदहरुले लिने सुबिधादेखी सांसदहरुको सक्रियता सम्मको सुचना लिएर समाचार बनाउन सकिने बताउनुभयो । पत्रकारले बनाउने समाचारको प्रभाबले संसदमा पेश हुने बिधेयकहरु कस्ता हुनेछन् भनेर सर्बसाधरणले पहिलेनै थाहा पाउने र चित्त नबुभm्दोभए सरकारलाई सच्याउन समेत सहिने उहाँको दाबी छ ।

तालिममा संसदिय मामिला पत्रकार तथा अन्नपुर्णपोष्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक हरि बहादुर थापाले संसदिय मामिला पत्रकारिताको अभ्यास, अबधारणा र चुनौतीका बिषयमा प्रष्ट्याउनुभयो । उहाँले सांसदहरुले संसदमा बोलेका बिषय समेत समाचारको श्रोतहुने बारे बताउनुभयो । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहयोग र पत्रकार महासंघ मकवानपुरको संयोजनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँईको अध्यक्षता रहेको थियो ।

युएनडिपीको सहयोगमा नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा मंगलबार हेटौँडामा आयोजित संसदीय पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशसभाले हालसम्म ४५ ऐन निर्माण गरिसकेको जानकारी गराउनुभयो ।